
रुकुम पश्चिम कारागारबाट ढोका फोडेर भागेका कैदि बन्दीहरुको खोजिकार्य जारी छ । जेन जीको आन्दोनको मौका पारेर मंगलबार दिउँसो ढोका फोडेर भागेका कैदि बन्दीहरुको प्रहरीले खोजि कार्य जारी राखेको छ । मगंलबारदेखि बिहिबार साँझसम्म भागेका ५१ जना कैदिबन्दी प्रहरीले नियन्त्रयमा लिएको छ ।
बाँकी ३७ जना भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार भागेकालाई खलंगा आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको हो । भागेका कैदिबन्दीको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय आज छुटाछुट्टै सूचना जारी गर्दै भागेका कैदिबन्दीलाई स्वतस्फुर्त रुपमा सम्र्पकमा आउन अनुरोध गरिएकाे छ। अन्यथा कारागार ऐन २०७९ र प्रचलिन कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख गरिएको छ । साथै फरार हरेका कैदि बन्दी लुकिछिपी बसेको थाहा पाए प्रहरीलाई १०० मा फोन गरी तत्काल खवर गर्न अनुरोध गरिएको छ ।