Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पुर्व र पश्चिममा पनि निषेधज्ञा 

रुकुम पुर्व र पश्चिम दुई जिल्लामा पनि निषेधज्ञा जारी गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधज्ञा आदेश गरेका हुन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा शुक्रबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म र जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म निषेधज्ञा जारी गरको हुन् । 

निषेधज्ञा जारी गर्दै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले गत सोमबारदेखि विभिन्न स्थानमा विरोध प्रदर्शन र जुलुश जस्ता शान्ति खलबल्याउने क्रियाकलाप भइरहेकोले शान्ति सुरक्षामा गम्भिर चुनौती हुनसक्ने भएकाले निषेधज्ञा जारी गरेको बताउनुभयो । उहाँका अनुसार जिल्लाको शान्ति सुव्यवस्था र अमनचयन, सहिष्णुता र पारस्परिक सद्भाव कायम राख्न अतिआवश्यक देखिएकोले जिल्ला सुरक्षा समितिको आज बिहान वसेको बैठकले निषेधज्ञा जारी गरेको हो ।

निषेधज्ञा अवधिमा सार्वजनिक स्थान अस्थायी प्रहरी पोष्ट पातुखोला देखि जिल्ला अदालत सल्ले, मुसिकोट नगरपालिका, सेरीगाउँ, प्रहरी बिट पिपलनेटा, जिल्ला कारागार हुँदै अस्थायी प्रहरी पोष्ट पातुखोलासम्मको १०० मिटर बाहिरसम्मको क्षेत्र र ६ वटै स्थानिय तह गाउँपालिका÷ नगरपालिकाको  केन्द्र वरपरको पाँच सय मिटर दुरीको क्षेत्र  तोकिएको छ । निषेधज्ञा अवधिभर उक्त स्थानमा कुनै प्रकारको भेला जुलुश प्रदर्शन एवं पाँच जनाभन्दा बढी व्यक्ति भेला भई आवागमन समेत गर्न नपाउने उल्लेख गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ संशोधन सहित को दफा ६ (३क) बमोजिम देहायका स्थानमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ  । 

आदेश बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको स्थानमा बिना स्वीकृति पाँच जनाभन्दा बढी व्यक्ति आवात–जावत गरेमा वा भेला भएमा वा निषेधित कार्य गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गर्न सक्ने समते चेतावनी दिएको छ । त्यस्तै रुकुम पूर्वमा पनि जिल्ला सदरमुका रहेको क्षेत्र वडा नम्बर ५ र ६ का सवै क्षेत्र निषेधीत क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले निकालेको सूचनामा उल्लेख गरिएको छ । 546097386_800231289210621_2481843170596321242_n-1757663627.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update