
रुकुम पश्चिममा संवैधानिक व्यवस्था अनुसार सरकार गठन गर्नुपर्ने माग राख्दै सांकेतिक प्रर्दशन गरिएको छ । आज जिल्ला सदरमुकाम मुसिकोट १ बालमन्दिर प्राङगणमा विभिन्न संघसंस्थाहरुले संवैधानिक व्यवस्था अनुसार सरकार गठन तथा विगतमा भएका भ्रष्टाचारको छानविन गर्न उच्चस्तरीय छानवीन आयोग गठन गर्नु पर्ने माग राख्दै सांकेतिक प्रर्दशन गरेका हुन् ।
जेन जी युवा पुस्ताले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै यही भदौ २३ र २४ गते आह्वान गरेको शान्तिपूर्ण बिरोध कार्यक्रमबाट विकसित घटनाक्रम प्रति क्रियाशिल मानव अधिकारवादी र नागरीक समाजको गम्भीर ध्यानआर्कषण भएको नेपाल बार यसोशियसन जिल्ला उपाध्यक्ष अधिवक्ता मनिषा रोकाय, गैसस महासंघका अध्यक्ष भिमराज ओली र पत्रकार महासंघ शाखा सचिव दिपेन्द्र महताराले जारी गरेको अपिल पत्रमा उल्लेख गरिएको छ । प्रर्दशनको क्रममा ज्यान गुमाउनु हुने सबै मृतकहरु प्रति श्रद्धान्जली र शोकाकुल परिवाजनहरुमा समवेदना व्यक्त गर्नुका साथै घाईतेहरुको प्रभावकारी निःशुल्क उपचारको प्रवन्ध र सम्बद्ध परिवारजनहरुमा यथासिघ्र उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार समक्ष माग राखेका छन् ।
शान्तिपूर्ण प्रर्दशनको क्रममा देशभर सार्वजनिक नीजि सम्पति तथा ऐतिहासिक सम्पदाहरुमा भएको आगजनी, तोडफोड र लुटपाट गरी सामाजिक हिंसा गरी क्षति पुर्याउने कार्यप्रति घोर भर्सना गरिएको छ । प्रर्दशनका क्रममा भएका घटनाहरुको अध्ययन गर्न उच्च स्तरीय छानविन समिति गठन गरी स्वतन्त्र र निष्पक्ष न्यायीक अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन जोडदार माग गरिएको छ । आन्दोनको मौका पारी देशभरका केहि कारागारबाट भागेका कैदी तथा थुनुवाहरुलाई अविलम्ब खोजतल्लास गरी कारगारमा नै पुर्नस्थापना गर्न र भविश्यमा यस्ता खाले सबै घटनाहरु दोहरीन नदिने बातावरण वनाउन, जनताहरुको जीउधनको सुरक्षा सहितको शुसासन कायम राखी समाजमा शान्ति सुव्यवस्था कायम राख्न राज्यका सम्बद्ध निकायहरु जिम्मेवार बन्न आह्वान गरिएको छ ।
देशको विषम परिस्थितीमा धैर्य संयमता अपनाउदै शान्ति, सद्भाव र स्थिरता कायम राख्दै नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, लोकतन्त्र, विधीको शासन र मानव अधिकारको संरक्षण गर्न हामी सबैको समान दायित्व भएकाले नेपाली जनताको बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको रक्षा गर्दै जेन–जी पुस्ताले उठाएका मागहरुलाई सम्बोधन हुने गरी संवैधानिक व्यवस्था अनुसार सरकार गठन गर्नु पर्ने नागरिक समाज संघसंस्थाहरुको माग राखेका छन् । शरिरमा लोकतन्त्रको रक्षा गरौ, संविधानको रक्षा गरौ नारा लेखिएका प्ले कार्ड समते प्रदर्शन गरेका थिए ।