रुकुम पश्चिम कारागारबाट ढोका फोडेर भागेका कैदि बन्दीहरुको खोजिकार्य जारी छ । जेन जीको आन्दोनको मौका पारेर मंगलबार दिउँसो ढोका फोडेर भागेका ५५ जना कैदि बन्दीहरु प्रहरीले हालसम्म नियन्त्रणमा लिएको छ । जसमा एक जना कैदिबन्दी आफै प्रहरीको सम्र्ककमा आएको र बाँकी ५४ जना प्रहरीले नियन्त्रयमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाँकी ३३ जना फरार कैदि बन्दीको खोजि कार्य जारी छ । भागेकालाई खलंगा आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको हो । कारागारबाट भागेका कैदी बन्दीहरुलाई बिहिबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले छुटाछुट्टै सूचना जारी गरी स्वतस्फुर्त रुपमा सम्र्पकमा आउन समेत अनुरोध गरिएकाे थियाे। फरार रहेका कैदि बन्दी स्वतस्फुर्त सम्पर्कमा नआए कारागार ऐन २०७९ र प्रचलिन कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएकाे छ । साथै फरार रहेका कैदि बन्दी लुकिछिपी बसेको थाहा पाए प्रहरीलाई १०० मा फोन गरी तत्काल खवर गर्न अनुरोध गरिएको छ ।



-1765202239.jpeg)

-1759842583.jpg)