Kakhara सबैको खबर सम्पूर्ण खबर
नगर बाल सञ्जाल चौरजहारीले आयोजना गरेको  विद्यालय स्तरिय  विविध कार्यक्रम सम्पन्न 

रुकुम पश्चिमको चौरजहारी नगर बाल संजालले ६१औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना गरेको विविध कार्यक्रम सम्पन्न गरेको छ । नगर बाल संजालले बाल दिवसको अवसरमा आइतबार विद्यालय स्तरीय विविध कार्यक्रम आयोजना गरेको थियो । “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’’ भन्ने मूल नाराका साथ शितल क्याम्पस चौरजहारीमा बाल दिवसको अवसरमा विद्यालय स्तरिय विविध कार्यक्रम आयोजना गरिएको थियो ।

बाल दिवसको अवसरमा वत्तृत्वकला, हाजिरी जवाफ, लोक नृत्य, चित्रकला प्रतियोगिता र हिसाव दौड प्रतियोगिता संचालन  गरिएको थियो । मावि स्तरिय वतृत्वकला प्रतियोगितामा हिमालय मावि खोलागाउँमा अध्यनरत केशव ओली प्रथम, मावि खहरेमा अध्यनरत कविता बुढा दोस्रो र शितल मावि चौरजहारीमा अध्यनरत सुदाम गौतम तेस्रो भएको चौरजहारी नगर बाल संजालका अध्यक्ष दिपक डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आधारभुत तह कक्षा ६–८ हाजिरी जवाफ प्रतियोगितामा आधारभूत विद्यालय विजयश्वरी प्रथम, भ्याली पब्लिक बोर्डिङ स्कुल दोस्रो र मावि घरेलचौर तेस्रो भएको छ । लोक नृत्य प्रतियोगिता तर्फ कक्षा ६–१० जनकल्याण मावि सानोखोला प्रथम, हिमालय मावि खोलागाउँ दोस्रो र आधारभूत विद्यालय मानाकोट तेस्रो भएको उहाँले जानकारी दिनुभयो । चित्रकला प्रतियोगितातर्फ आधारभूत तह कक्षा १–५ आधारभूत विद्यालय मानाकोटमा अध्यरत छात्र मनोज राणा प्रथम, सरस्वती बोर्डिङ स्कुलमा अध्ययनरत छात्रा प्रतिक्षा सुनार दोस्रो र मावि खहरेमा अध्यनर छात्र आषिश पुन तेस्रो हुनुभएको हो ।  

हिसाब दौड प्रतियोगिता आधारभूत तह कक्षा १–५  आधारभूत विद्यालय मानाकोटमा अध्यनरत सन्दिप बुढा प्रथम, अधारभूत विद्यालय मनकोटमा अध्यनरत यमुना शर्मा दोस्रो र मावि सानाखोलामा अध्यनरत धिरज आजार्य तेस्रो हुनुभएको हो । स्थान प्राप्त गर्ने सवैलाई स्टेसनरीका सामग्री कामी कलम प्रदान गरिएको चौरजहारी नगर बाल संजाल अध्यक्ष डाँगीले जानकारी दिनुभयो । कार्यक्रमको आर्थिक सहयोग चौरजहारी नगर पालिकाले गरेको थियो । 

547139514_1294963278988712_1496464958332990076_n-1757923059.jpg

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update