फुक्रु टि २० क्रिकेट कप
दोस्रो फुक्रु टी-२० क्रिकेट कप असोज ९ गतेदेखि हुने
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ बेल्टापु रङ्गशालामा दोस्रो फुक्रु टी २० क्रिकेट कप हुने भएको छ । यही असोज ९ गतेदेखि सानीभेरी गाउँपालिका भित्रको वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको हो । टी २० क्रिकेट कप प्रतियोगितामा विजेता हुने समूहले नगद ५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने समूहलाई नगद ३० हजार सहित मेडल र प्रमाणपत्र व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै म्यान अफ द सिरिजले नगद ३ हजार, वेस्ट व्याटसम्यान र वेस्ट बलरले सम्मान १५/१५ सय र उदयमान खेलाडीले १ हजारको साथमा प्रमाण पत्र प्राप्त गर्नेले आयोजक समितिका सदस्य मनोज ओलीले जानकारी दिनुभयो । खेलमा प्रत्येक समूहमा २ जना खेलाडी बाहिरको राख्न मिल्ने व्यवस्था रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२ १२:४६
प्रतिक्रिया दिनुहोस्




-1759842583.jpg)