रुकुम पूर्व र बागलुङको सिमाना पातिहाल्ने केन्द्र भएर भूकम्प गयो

रुकुम पूर्व र बागलुङको सिमाना पातिहाल्ने केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार राती ८ बजेर २५ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का सो क्षेत्र र रुकुम पश्चिम सहित आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो । यद्यपि, यसबाट कुनै ठुलो क्षति भएको खबर भने आएको छैन ।
यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२ २१:३३
प्रतिक्रिया दिनुहोस्