Kakhara सबैको खबर सम्पूर्ण खबर
संविधान दिवस: आज जिल्ला अस्पताल सल्लेमा रक्तदान कार्यक्रम हुने

संविधान दिवसको अवसरमा रुकुम पश्चिमको मुसिकोटमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको सहयोगमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । 

बिहान १० बजे जिल्ला अस्पतालमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको र उक्त कार्यक्रममा जुनसुकै व्यक्तिले रक्तदान गर्ने सक्ने नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

साथै उहाँले कार्यक्रममा उपस्थित भई रक्तदान गर्ने सबै पक्षलाई आग्रह गर्नुभएको छ । रगतको अभावमा कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update