
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय रुकुम पश्चिमको आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाम खंलगामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । वित्तीय साक्षरता कार्यक्रममा ग्रामिण विकास लघुवित्त संस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।वित्तीय साक्षरता कार्यक्रममा वित्तीय साक्षरता भनेको केहो ? कर्जा, बचत, पारिवारिक बजेट, बिमा, रेमिटेन्स लगायतका विषयमा ग्रामिण विकास लघुवित्त लिमिटेडका प्रमुख कार्यकारी निर्देशक श्यामकुमार कटुवालले सहभागिलाई प्रस्ट पार्नु भएको थियो ।
त्यस्तै कर्जा लिने प्रकृया, कर्जाको सदुपयोग तथा दुरुपयोग गर्दा पर्ने प्रभाव, जरिवाना तथा सेवा शुल्कका विषयमा पनि जानकारी बनाउनुभएको थियो । त्यस्तै कर्जा लिदा कस्ता वित्तीय संस्था छनोट गर्ने, बचतको महत्व र पारिवारिक बजेट निर्माण गर्दा हुने फाइदाका विषयमा सहभागिलाई कार्यकारी निर्देशक कटुवालले प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा विषयमा ग्रामिण विकास लघुवित्तका जनशक्ति व्यवस्थापन विभागमा कार्यरत खगेन्द्रप्रसाद अर्याल, र सुपरिवेक्षण कार्यालयका प्रमुख धनप्रसाद तिवारीले पनि सहभागिलाई प्रशिक्षण गर्नु भएको थियो ।
प्रमुख अतिथि मुसिकोट नगर प्रमुख महेन्द्र केसीले कार्यक्रमको सफताको शुभकामना व्यक्त गर्दै ग्रामिण वस्तीका महिलाहरुलाई वित्तीय साक्षरता कार्यक्रमले थप आर्थिक रुपमा बलियो बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता खालका कार्यक्रमले महिलाहरुमा थप हौसला बढ्ने र आर्थिक रुपमा सम्पन्न हुन मदत् गर्ने उहाँले बताउनुभयो । त्यस्तै लघुवित्त संस्था संँग सहकार्य गरेर यस्ता खालका कर्याक्रमहरु संचालन गर्न मुसिकोट नगरपालिका तयार रहेको नगर प्रमुख केसीको भनाई थियो ।
ग्रामिण विकास लघुवित्त लिमिटेड नेपालगञ्जका प्रमुख धनप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथीमा ग्रामिण विकास लघुवित्तका प्रमुख कार्यकारी निर्देशक श्यामकुमार कटुवाल, अतिथीहरुमा वडा नम्बर १ का वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, संस्थाका जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख खगेन्द्रप्रसाद अर्याल, सुपरिवेक्षण कार्यालयमा कार्यरत मुकुन्द अधिकारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन ग्रामिण विकास लघुवित्त लिमिटेड मुसिकोेट शाखा प्रमुख प्रतिभा पोख्रेलले गर्नुभएको थियो ।