Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स मुसिकोट कार्यालयको वार्षिक समिक्षा, पत्रकारसहित अभिकर्ता सम्मानीत  

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मुसिकोट रुकुम पश्चिमको वार्षिक समिक्षा, आगामी योजना, अभिकर्ता सम्मान तथा  क्षमता अभिबृद्दी  कार्यक्रम सप्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समिक्षा तथा अभिकर्ता सम्मान तथा  क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न भएको हो । वार्षिक समिक्षा कार्यक्रममा ७० जना भन्दा बढी अभिकर्ताको उपस्थिती रहेको  प्रमु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मुसिकोट कार्यालयका प्रमुख ब्यूँझना पुन देवकोटाले जानकारी दिनुभयो ।

WhatsApp-Image-2025-09-20-at-18.28.53_c8bd74f9-1758449941.jpg

उहाँका अनुसार वार्षिक समिक्षा कार्यक्रमको अवसरमा शाखाको व्यवसाय प्रबद्र्धनका लागि पुर्याएको उच्च मुल्यांकन गर्दै कखरा अनलाइन कार्यरत पत्रकार बलेन्द्र ओली र मुलपाटी अनलाइनका सम्पादक राजु लामिछानेलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।  त्यस्तै कार्यालयले विभिन्न विधामा उत्कृष्ट हुने अभिकर्ताहरुलाई पनि प्रमाणपत्र, झोला, छाता सहित सम्मान गरिएको थियो । बिमालेख तर्फ लक्ष्मी केसी, प्रेमा शाही, तेजप्रसाद पङ्गाली, नरबहादुर खड्का र मोहन पुनलाई सम्मान गरिएको कार्यालय प्रमुख पुन देवकोटाले जानकारी दिनुभयो ।  

त्यसैगरी क्लव तर्फ ५ जना, पदक तर्फ ८ जना, चिफ एजेन्सी म्यानेजर १ जना, बरिष्ठ एजेन्सी म्यानेजर १जना, एजेन्सी म्यानेजर ३८ जना  र एजेन्सी अफिसर  ५ जना गरी कुल जम्मा ५८ जना सम्मानित भएका थिए । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मुसिकोट कार्यालयका एजेन्सी म्यानेजर तेजप्रसाद पङ्गालीको अध्यक्षता भएको कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख अखिल धमलाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष आतिथीमा पुर्व जिल्ला समन्वय समिति उप–प्रमुख एजेन्सी म्यानेजर इन्दिरा बिएनाथ रहनुभएकाे थियो ।

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड मुसिकोटका कर्मचारी करण विकले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शाखा प्रमुख पुन देवकोटाले  गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update