Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमकोटमा आयोजित ब्याडमिन्टनमा ईश्वर र हरि प्रथम 

रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ रुकुमकोटमा आयोजित पुरुष डबल ब्याडमिन्टनमा ईश्वर रावल र हरि केसीको जोडी प्रथम भएको छ । आज भएको फाइनलमा मदन खड्का र पल शाहीको जोडीलाई पराजित गर्दै ईश्वर र हरिको जोडी प्रथम भएको हो । 

यो जोडिले ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद २० हजार पुरस्कार प्राप्त गरेको छ । द्वितीय बनेको मदन र पलको जोडीले ट्रफि, मेडल र प्रमाण पत्र सहित १५ हजार नगद प्राप्त गरेको आयोजक अमर ब्याडमिन्टन हल एन्ड ट्रेनिङ सेन्टरले जनाएको छ । 

मदन बिसी र विकास बिक तथा नरेश घर्ती र छवि केसीको जोडी सान्त्वना बनेका छन् । दुई जोडीले समान ६ हजार नगद पुरस्कार पाएका छन् । विजयी खेलाडीलाई अमर ब्याडमिन्टन हल एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक कृष्ण ओलीले पुरस्कार वितरण गर्नुभएको थियो । 

विजयादशमीको अवसरमा हिजो र आज सञ्चालन भएको प्रतियोगितामा ३२ जोडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update