
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ को महाकाली माविको खेलमैदानमा क्षति पुगेको छ । आइतबारको वर्षाका कारण खेलमैदानको वाल भत्किएपछि क्षति पुगेको हो ।
२०७४ सालमा सामाजिक विकास कार्यालयको ९ लाख, जनश्रमदान १ लाख ५० हजार र विद्यालयको १ लाख ५० हजार गरी जम्मा १३ लाख निर्माण भएको ६० मिटर लम्बाई र ११ मिटर उचाइ भएको वाल भत्किएको विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमेश खड्काले जानकारी दिनुभयो ।
बिच भागबाट पहिरो जाँदा करिब ४० मिटर वाल भत्किएको बताइएको छ । वाल भत्किएपछि खेल मैदानमा क्षति पुगेको छ । करिब ५० लाखको क्षति भएको खड्काले बताउनुभयो । खेलमैदान मर्मतका लागि विद्यालयले सहयोगको अपिल गरेको छ ।
यो दुःखद घडीमा स्वदेश तथा विदेशमा रहनु भएका शुभचिन्तक , भूपू विद्यार्थी, एवं समस्त सबै सहयोगी मनहरूको खाँचो छ । सक्दो सहयोगको अपेक्षा गर्दछौँ । सहयोग गर्नुहुने महानुभावको अभिलेख सधैँ भरी सबैले देख्ने गरी राखिने छ, विद्यालयका प्रअ लोकबहादुर खड्काले भन्नुभएको छ ।