Kakhara सबैको खबर सम्पूर्ण खबर
वृहत् अतिरिक्त क्रियाकलाप : पुरुष भलिबलतर्फ ज्ञानोदय मावि लहुँ र महिला भलिबलतर्फ त्रिजमावि खलङ्गा प्रथम 
प्रथम स्थान प्राप्त गर्ने टिम ।

नेपाल शिक्षक महासङ्घ मुसिकोट नगर समिति रुकुम पश्चिमले आयोजना गरेको बृहत् अतिरिक्त क्रियाकलाप सम्पन्न भएका छन् । असोज २ गतेदेखि सुरु भएको वृहत् अतिरिक्त क्रियाकलाप सोमबार सम्पन्न भएका हुन् । खेलकुद तथा अतिरिक्त क्रियाकलापमा मुसिकोट नगरभित्रका सामुदायिक तथा निजी विद्यालयका शिक्षक शिक्षिकाहरूले प्रतिस्पर्धा गरेका थिए । पुरुष भलिबल तर्फ मुसिकोट नगरपालिका वडा नम्बर १२ मा रहेको ज्ञानोदय मावि लहुँ प्रथम भएको छ । उसले नगद ३० हजार पुरस्कारसहित कप प्रमाणपत्र प्राप्त गरेको छ ।  वडा नम्बर ११ मा रहेको जनकल्याण मावि भलाक्चा दोस्रो स्थान प्राप्त गर्दै २० हजार रुपैयाँको साथमा कप प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेको वडा नम्बर ५ मा रहेको न्यु मुन लाइट सेकेण्डरी बोर्डिङ स्कुलले १० हजार पुरस्कार सहित कप र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

त्यस्तै महिला भलिबल प्रतियोगिता तर्फ वडा नम्बर १  खलङ्गामा रहेको त्रिभुवन जनता मावि प्रथम भएको छ । उसले नगद १५ हजार पुरस्कारसहित कप र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको बिजयश्वरी सेकेण्डरी बोर्डिङ स्कुलले नगद ७ हजार पुरस्कार सहित कप र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेको सरस्वती मावि सल्ले नगद ५ हजार सहित कप र प्रमाणपत्र प्राप्त गरेको शिक्षक महासङ्घ मुसिकोट नगर समिति अध्यक्ष यज्ञबहादुर खड्काले जानकारी दिनुभयो ।  उहाँका अनुसार रस्साकस्सी प्रतियोगितामा महेन्द्र मावि चौतारा प्रथम भएको छ । उसले नगद १० हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको मालिका मावि चुनले  नगद ७ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्दा तेस्रो भएको ब्राइट फ्यूचर बोर्डिङ स्कुल झुलखेतले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको हो । 

पुरुष ब्याडमिन्टन प्रतियोगिता तर्फ यमुना नन्द नमुना मावि सेरिगाउँ विजेता बन्दै २० हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको त्रिभुवन जनता मावि खलङ्गाले १५ हजार पुरस्कार प्राप्त गर्दा सान्त्वना भएका दुई टिम प्रभात मावि दाेपाई र न्यु मुन लाइट सेकेण्डरी बोर्डिङ स्कुलले समान ५/५ हजार पुरस्कार प्राप्त गरेका छन् । लोक नृत्य तर्फ सरस्वती मावि सल्ले प्रथम भएको छ ।  उसले नगद ७ हजार, दोस्रो भएको त्रिभुवन जनता मावि खलङ्गाले ५ हजार र तेस्रो भएको ज्ञानोदय मावि लहुँले ३ हजार पुरस्कार प्राप्त गरेको छ ।

हाजिर जवाफ प्रतियोगिता तर्फ यमुना नन्द नमुना मावि सेरिगाउँ प्रथम भएको छ । उसले नगद १५ हजार, दोस्रो भएको जनजागृति मावि साँखले १० हजार र सान्त्वना भएको सरस्वती मावि सल्ले र बाल कल्याण मावि झुल्खेतले सम्मान ५/५हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रमको आर्थिक सहयोग मुसिकोट नगरपालिकाले गरेको थियो । एक कार्यक्रमका बिच सरस्वती मावि सल्लेमा सोमबार कार्यक्रम समापन गरिएको हो । कार्यक्रमलाई सहयोग गर्ने सहयोगीहरूलाई पनि आयोजकले सम्मान पत्रले सम्मान गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update