Kakhara सबैको खबर सम्पूर्ण खबर
पिपलमा चट्याङ लागेर महिलाको मृत्यु

रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बाँफिकाेट गाउँपालिका वडा नम्बर २ पिपल कल्लुजितेकी तारादेवी पौडेलको गए राती मृत्यु भएको हो ।

बुधवार साँझ ६ बजेतिर गाई गोरुलाई गोठमा सार्ने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएकी तारादेवीलाई उपचारका लागि मुसिकोट खलङ्गाको साझा मुराल अस्पतालमा ल्याइएको थियो ।
पाैने ११ बजे अस्पताल पुर्‍याइएकी तारादेवीलाई डाक्टरले ११ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update