Kakhara सबैको खबर सम्पूर्ण खबर
शितलपाेखरीमा अवरुद्ध मध्यपहाडी लाेकमार्ग सुचारू

रुकुम पश्चिमको मुसिकोट ४ शितलपाेखरीमा अवरुद्ध मध्यपहाडी लाेकमार्ग सुचारु भएको छ । शुक्रवार राती अविरल  वर्षाका कारण रूख ढलेर लाेकमार्ग अवरुद्ध भएको थियो ।

शितलपाेखरीकाे स्काई क्याफे नजिकै ५, ६ वटा रुख ढल्दा लाेकमार्ग अवरुद्ध भई दर्जन बढी ठुला, साना लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए ।  काठमाडौँ सम्मका यात्रु अलपत्र परेका थिए ।

मुसिकोट नगर प्रहरीले लाेकमार्ग खुलाएको हो । सूचना पाए लगत्तै रातीको १:३० बजेको समयमा मुसिकोट  नगर प्रहरी  जेसिभि  लिएर रुख पन्छाएर  यातायात आवतजावत खुलाएको नगर प्रहरी प्रमुख उमेश केसीले जानकारी दिनुभयो ।

रूख ढल्दा बिजुलीको एउटा पोल समेत ढलेको उहाँले बताउनुभयो । जसका कारण विद्युत् सेवा अवरुद्ध छ । 

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update