हेबी इक्युपमेन्ट संघ रुकुम पश्चिमको अध्यक्षमा गणेश विक चयन

नेपाल हेबी इक्युपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर सङ्घ रुकुम पश्चिमको भेला सम्पन्न भएको छ । मुसिकोटमा शनिवार भएको मेलाले नयाँ नेतृत्व चयन गरेको छ । भेलाबाट गणेश विकको अध्यक्षतामा ८ सदस्यीय जिल्ला समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा रवि बिक, सचिवमा विक्रम खड्का, सह सचिवमा मोहन दलामी र कोषाध्यक्षमा बिराज चन्द चयन हुनुभएको छ । सदस्यमा अर्जुन रसाइली, वसन्त विक र खडकबहादुर पुन तथा सल्लाहकारमा मोहन ओली चयन भएको बताइएको छ ।
मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीको प्रमुख र वडा नम्बर १ का अध्यक्ष ज्ञानुचन्द्र चन्दको विशेष आतिथ्यतामा भेला सम्पन्न भएको हो । संघले हेभी इक्युपमेन्ट अपरेटरहरूको हकहितका लागि काम गर्ने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०८२ १६:०६
प्रतिक्रिया दिनुहोस्