Kakhara सबैको खबर सम्पूर्ण खबर
द लेजेण्ड कप फुटबल: उपाधिका लागि आयोजक र सल्ले भिड्ने

रूकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा जारी द लेजेण्ड कपको उपाधिका लागि आयोजक र सल्ले बिचमा प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल सोमबार दिउँसो साढे २ बजे खलङ्गाको बराहटाकुरामा हुने छ ।

आज भएको सेमिफाइनलमा छिवाङलाई पराजित गर्दै सल्ले र सल्ले याेङ्ग ब्वाइजलाई पराजित गर्दै आयोजक ब्लु फाइनल प्रवेश गरेका हुन् । पहिलाे सेमिफाइनलमा आयोजक ब्लुले सल्ले याेङ्ग ब्याइजलाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो भने दोस्रो सेमिफाइनलमा सल्ले ए ले छिवाङलाई २-० गोलले पराजित गरेको हो ।

मुसिकोट ब्वाइजकाे आयोजना र रुकुम बक्सिङ सङ्घको सह आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छ । त्यस्तै उप विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । वेस्ट प्लेयरले ५ हजार पाउँदा फेयर प्ले अवार्डको पुरस्कार ५ हजार तोकिएको छ । 

त्यस्तै टप स्कोरर, वेस्ट गोल किपर, इमर्जिङ प्लेयर र वेस्ट डिफेन्डरले समान ३/३ हजार पुरस्कार पाउने छन् । विभिन्न व्यक्तिहरूसँग सहयोग जुटाएर प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । यो प्रतियोगिता मुसिकोटमा आयोजना गरिएको हालसम्मकै ठुलो पुरस्कार राशिको प्रतियोगिता रहेको आयोजकको भनाई छ ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update