Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो फुक्रु कप टी-२० क्रिकेटको उपाधि सानीभेरी ७ ले जित्यो

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ मा सञ्चालित दोस्रो फुक्रु कप टी-२० क्रिकेटको उपाधि सानीभेरी ७ ले जितेको छ । बेलटापु खेल मैदानमा आज भएको फाइनलमा सानीभेरी गाउँपालिका ३ लाई पराजित गर्दै सानीभेरी ७ को टिम छाेटेबगरले उपाधि जितेको छ । 

पहिला ब्याटिङ गरेको सानीभेरी ३ ले १० ओभरमा ६९ रन बनाएको थियो । ७० रनको लक्ष पछ्याएको टिम छाेटेबगरले ८.५ ओभरमा जित हासिल गरेको थियो । सानीभेरी ३ सेमिफाइनलमा सानीभेरी १० र सानीभेरी ७ छाेटेबगर सानीभेरी ९ लाई पराजित गर्दै फाइनल पुगेको थियो । 

प्रतियोगिता सानीभेरी गाउँपालिका भित्रको वडा स्तरीय थियो । एउटा टिमले २ जना खेलाडी भने वडा बाहिरका राख्न पाएका थिए । टिम फुक्रुले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको विजेताले नगद ५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने समूहलाई नगद ३० हजार सहित मेडल र प्रमाणपत्र पाएको आयोजक समितिका मनोज ओलीले जानकारी दिनुभयो ।

क्रिकेट विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  २३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update