Kakhara सबैको खबर सम्पूर्ण खबर
द लेजेण्ड कप फुटबलको उपाधि आयोजकलाई

मुसिकोट ब्वाइज रुकुम पश्चिमले मुसिकोट खलङ्गामा आयोजना गरेको प्रथम द लेजेण्ड कपको उपाधि आयोजकले जितेको छ । आज भएको फाइनलमा सल्ले ए लाई टिम पेनाल्टी सुट आउटमा पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।

एक गोलको अग्रता जोगाउन नसक्दा सल्ले उपाधि चुम्नबाट वञ्चित भएको हो । पहिलो हाफमा सल्लेका रमेश बोहराले पहिलो गोल गरेका थिए । पहिलो हाफमै आयोजकले पेनाल्टी मार्फत गाेल गरेको थियो । दोस्रो हाफमा दुवै टिमले अवसर सिर्जना गरे पनि गोल गर्ने सकेनन् ।

नियमित समयको खेल एक एकको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा ७-६ ले आयोजक विजयी भयो । सल्लेको अन्तिम एक पेनाल्टी आयोजकका किपरले बचाएका थिए । फाइनल खेलको म्यान अफ द म्याच सल्लेका किपर अनिल थापा बनेका थिए ।

विजेता आयोजकले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र कप हात पारेको छ । उप विजेता सल्लेले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा ३० टिमले प्रतिस्पर्धा गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update