
दसैँ, तिहार र छठ नजिकिँदै गर्दा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन रुकुम पश्चिमले विशेष सवारी अनुगमन सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको अनुगमनमा सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखिएको छ कि छैन भन्ने विषयमा विशेष ध्यान दिइएको थियो । यस क्रममा एक हाइसले क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि तुरुन्तै जरिवाना गरिएको प्रशासनले जानकारी दिएको छ।
जिल्ला प्रशासनले चाडपर्वमा यात्रु बढी हुने भएकाले सावधानी अपनाउन, भिडभाड नगर्न र नियम उल्लङ्घन गर्ने सवारीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ । अनुगमनलाई अझ प्रभावकारी बनाउन प्रहरी, यातायात कार्यालय र सम्बन्धित निकायको सहकार्यमा निगरानी निरन्तर रहने प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, प्रहरी प्रमुख प्रमेश थानी, सशस्त्र प्रहरी प्रमुख जगदीशचन्द्र हमाल लगायतको टोलीले अनुगमन गरेको हो ।