Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्यान दुर्घटनामा ज्यान गुमाएका तीन जनाको सामूहिक अन्त्येष्टि 

सल्यानको कपुरकोट गाउँपालिका ३ मा भएको फोर्स गाडी दुर्घटनामा ज्यान गुमाएका रुकुम पश्चिमको बाँफकोट गाउँपालिकाका तीन जनाको अन्त्येष्टि गरिएको छ । वडा नम्बर ५ की ६८ बर्सिया पवि केसी, सोही ठाउँका २७ वर्षीय शशीधर केसी र वडा नम्बर ४ का २७ वर्षीय प्रकाश केसीको वडा नम्बर ४ को घुमाउरा घाटमा सामूहिक अन्त्येष्टि गरिएको हो ।

बाँफिकोट गाउँपालिकाबाट दाङ तर्फ गइरहेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडी शनिवार राती सल्यानको कपुरकोट गाउँपालिका ३ मा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । भने २ जना घाइते भएका थिए । उनीहरूको कोहलपुरमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा एकै परिवारका ४ जना सहित ५ जना परेका थिए । सबै प्रक्रिया पुर्‍याएर मृतकको अन्त्येष्टि गरिएको हो । 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update