Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ९ का भिमबहादुर असोज ९ गते देखि बेपत्ता 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ लालिबाङका ६५ वर्षीय भिमबहादुर खड्का असोज ९ गतेदेखि बेपत्ता हुनुभएको छ । खड्का गाउँबाटै बेपत्ता हुनुभएको हो । गाउँ नजिकैको चुनखोला किनारमा चप्पल फेला परेकोले बगेर बेपत्ता भएको आशङ्का गरिएको छ ।

त्यस्तै उहाँको परिवारले कसैले हमला गरेको हुनसक्ने आशङ्का पनि गरेका छन् । उहाँकी श्रीमतीमाथि २०८० चैत्र २९ गते हत्या गर्ने योजना सहित निर्घात कुटपिट भएको थियो । अहिले फेरि सोही घटना दोहोरिएको हुनसक्ने आशङ्का रहेको बेपत्ता भिमबहादुरका छोरा हरि खड्काले बताउनुभयो ।

सबैतिर खोजी गरिसक्दा पनि कतै फेला पार्न नसकिएको उहाँले बताउनुभयो । कतै फेला पारेमा ९७६५७७७७५३ मा सम्पर्क गर्न परिवारजनले आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update