सानीभेरीका विनोदको अमेरिकामा गाडीको ठक्करबाट मृत्यु
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका एक युवकको अमेरिकामा गाडीको ठक्करबाट मृत्यु भएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर ८ माथिल्लो आमडाँडाका ३० वर्षीय विनोद बिसीको अमेरिकी समय अनुसार शनिबार बिहान ३ बजेको समयमा गाडीको ठक्करबाट मृत्यु भएको हो ।
सडक क्रस गर्ने क्रममा उहाँलाई गाडीले ठक्कर दिएको बताइएको छ । त्यसपछि अस्पताल लगिएका उहाँलाई डाक्टरले मृत घोषणा गरेका थिए । उहाँ रोजगारीका लागि कोरिया जानुभएको थियो भने त्यतैबाट डेढ वर्ष अघि अमेरिका जानुभएको थियो ।
उहाँ क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा रहनुभएको थियो । अमेरिकामा पछिल्लो नेपालीहरूको हत्या तथा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जसमा रुकुम पश्चिमका पनि धेरै जना परेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०८२ १९:३६
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)