Kakhara सबैको खबर सम्पूर्ण खबर
खाल्बोटमा प्रथम तिर्थ स्मृती कप हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ खाल्बोटमा प्रथम तिर्थ स्मृती कप हुने भएको छ । यही असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म प्रथम तिर्थ स्मृती कप हुने भएको हो । प्रथम तिर्थ स्मृती कपको अवसरमा साविक वडा स्तरिय पुरुष भलिबल, रस्साकस्सी, घैटो फोर प्रतियोगिता आयोजना गरिएको आयोजक तिर्थ स्मृती युवा समुहले जनाएको छ ।

आयोजकका अनुसार भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहले ३० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दोस्रो हुने समुहले २० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो हुने समुहले १३ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।  दर्ता शुल्क ३ हजार रहेको छ । त्यस्तै रस्साकस्सी प्रतियोगितामा विजेता हुने समुहले ५ हजार र उपविजेता हुने समुहले ३ हजार पुुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।  दर्ता शुल्क ५ सय रहेको छ । घैटो फोर प्रतियोगितामा विजेता हुनेले २ हजार नगद पुरस्कारसहित प्रमाणपत्र पाप्त गर्ने आयोजकले जनाएको छ । दर्ता शुल्क २ सय रहेको छ । 

समाजसेवी तिर्थबहादुर पुनको सम्झनामा गत वर्ष मुुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रिनदहमा स्मृती पार्क समेत निर्माण गरिएको छ । २०२५ पौष १७ गते जन्मिनु भएका समाजसेवी पुनको जिल्ला सदरमुकाम खलंगाबाट घर फर्कदै गर्दा २०७३ साल साउन २१ गते मुसिकोट नगरपालिका वडा नम्बर ६ कानेवाङमा जिप दुर्घटनामा परी गम्भिर घाइने भएकामा २२ गते थप उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै  मृत्यु भएको थियो ।

उहाँ नेकपा (माओवादी) पार्टीमा प्राविधिक विभागको जिम्मेवारीमा रहेर काम गरिहनुभएको थियो । पुनको सामाजिक, राजनैतिक र भौतिक क्षेत्रमा गाउँ समाजमा पुर्याएको योगदानलाई स्मरण गर्दै पुनको सम्मान र सम्झनाका लागि घर परिवार, आफन्तजन इष्टमित्र र गाउँ समाजको आर्थिक र भौतिक सहयोगबाट गत वर्ष रिनदहमा स्मृती पार्क निर्माण गरिएको थियो । वुवाको सम्झना स्वरुप यस वर्षदेखि प्रथम तिर्थ स्मृती कप संचालन गर्न लागिएको उहाँका जेठा छोरा लोकेन्द्र पुनले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update