रूकुम पश्चिमको मुसिकोट नगरपालिका-३ मुग्लुखोला पुल नजिक अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
खलङ्गाबाट छिवाङ तर्फ जाँदै गरेको लु ०२-०१ ह ०७५६ नम्बरको अटो अचानक ब्रेक फेल भई सडक छेउमा रहेको होटेलमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटोमा सवार सानीभेरी गाउँपालिका-९ का ३४ वर्षीय धर्मबहादुर कुँवर घाइते हुनुभएकाे छ । उहाँको दाहिने खुट्टामा भित्री चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
घाइते कुँवरलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाइएको छ । अटो चालक मुसिकोट नगरपालिका-१४ का ४२ वर्षीय शशिराम विष्ट भने सकुशल रहेका छन् । दुर्घटनापछि अटो प्रहरी नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





-1759842583.jpg)