Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्लेको सहिद स्मारक पार्क मर्मत 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको सहिद पार्क मर्मत गरिएको छ । सल्ले यूथ क्लबले जीर्ण बनेको पार्क मर्मत गरेको हो । उक्त कार्यमा सल्लेका युवाहरूको सहभागिता रहेको थियो । 

युवाहरूले पार्कमा रेलिङ राख्नुका साथै रङ्ग रोगन र सरसफाइ गरेका छन् । पार्कमा रहेका रेलिङ भाँचिएर हराएका थिए । उक्त ठाउँमा नयाँ रेलिङ राखिएको सल्ले यूथ क्लबका अध्यक्ष मोहन खड्काले जानकारी दिनुभयो । 

salley-youth-1759739598.jpg
क्लबका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सल्ले यूथ क्लबका सल्लाहकार तथा इन्जिनियर सरोजकुमार बोहरा, इन्द्रबहादुर बुढाथोकी, मोहनलाल बुढाथोकी, टेकबहादुर कुसारी लगायत स्थानीय युवा तथा समाजसेवीको उपस्थिति रहेको थियो । 

त्यस्तै क्लबका अन्य सदस्य सहित ३० जना बढीको सहभागिता रहेको क्लबका सह सचिव रोनिक्स बिसीले जानकारी दिनुभयो । उक्त पार्कमा नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा ज्यान गुमाएका सहिदहरूको नाम अङ्कित स्तम्भ रहेको छ भने विश्रामका लागि बस्ने ठाउँ समेत बनाइएको छ ।

youth-club-1759739074.jpg

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update