
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ खुम्चेरीमा चौथो निशाना कप हुने भएको छ । यही असोज २३ गतेदेखि २७ गतेसम्म अन्धनाशक माविको प्राङ्गणमा खुला शुद्ध वडा स्तरीय महिला, पुरुष भलिबल, एकल नृत्य र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ ।
पुरुष भलिबल प्रतियोगिता तर्फ विजेता हुने समूहले ७५ हजार पुरस्कारसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता हुने समूहले ४५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना हुने दुई समूहले समान १५/१५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने निशाना युवा क्लबका अध्यक्ष लोकबहादुर बाँठाले जानकारी दिनुभयो । दर्ता शुल्क ५ हजार ५ सय रहेको छ ।
महिला भलिबल तर्फ विजेता हुने टिमले ४५ हजार नगद सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता हुने टिमले नगद २५ हजार नगदसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना हुने दुई टिमले समान १०/१० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क ३ हजार रहेको छ ।
त्यस्तै हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले १२ हजार, दोस्रो स्थान हासिल गर्ने समूहले ६ हजार र तेस्रो स्थान हासिल गर्ने समूहले ४ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क १२ सय रहेको छ ।
नृत्य तर्फ प्रथम हुने समूहले १० हजार, दोस्रो स्थान प्राप्त गर्नेले ५ हजार र तेस्रो स्थान प्राप्त गर्ने ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क १ हजार रहेको छ । मेला उद्घाटनको दिन स्थानीय झाकी पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।