आठबिसकाेटमा गाेजु-रियाे करातेकाे ब्ल्याक बेल्ट ग्रेडिङ तथा दीक्षान्त समारोह सम्पन्न

रुकुम पश्चिमको आठबिसकाेट नगरपालिकामा गाेजु-रियाे कराते संघकाे प्रथम ब्ल्याक बेल्ट ग्रेडिङ तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । मङ्गलवार र बुधवार राडीमा भएको कार्यक्रमबाट १८ जनाले ब्ल्याक बेल्ट प्राप्त गरेका छन् भने १४ जनालाई कलर बेल्ट प्रदान गरिएको छ ।
आठबिसकाेट नगर युवा तथा खेलकुद समितिका अध्यक्ष सन्देश विकको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद् नेपालका केन्द्रीय सदस्य मिना चदाराकाे प्रमुख र नेपाल गजुरियाे कराते दाे संघका केन्द्रीय सदस्य विशेष केशव विक तथा आठबिसकाेट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमल बिसीको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै निशाना रोका, जितेन्द्र बुढा, कमला केसी, पृथ्वी केसी, जेबी बिक लगायतको आतिथ्यता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२ ०८:२५
प्रतिक्रिया दिनुहोस्