२५ बर्सिया गङ्गा असोज २० गते देखि बेपत्ता

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ डाँडाछिवाङकी एक युवति बेपत्ता भएकी छन् । २५ बर्सिया गङ्गा सार्की असोज २० गते साँझ करिब ५ बजेदेखि बेपत्ता भएको बताइएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ माइतीघर भएकी गङ्गा घाँस काट्न भनेर जङ्गल गएको र त्यसपछि सम्पर्कमा नरहेको परिवारजनले बताएका छन् ।
गङ्गाले अन्तिम पटक भारतमा रहेका श्रीमानसँग कुरा गरेको र फोनमा सामान्य विवाद समेत भएको बुझिएको बताइएको छ । सबैतिर खोजी गर्दा पनि फेला पार्न नसकिएको र कतै देखेमा सम्पर्क गर्न सबै पक्षलाई घर तथा माइती पक्षले अनुरोध गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२ १६:४३
प्रतिक्रिया दिनुहोस्