
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ भिरपाटा स्थित नुवाकोट जोड्ने भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको । आज साँझ झुल्नेटाबाट नुवाकोट जानेक्रममा सल्यानको कुमाख गाउँपालिका ५ चिमालकाँडाका २३ वर्षीय प्रकाश घर्तीको मृत्यु भएको हो । दुर्घटनामा परी रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ नाउलाका १८ वर्षीय महेन्द्र पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसा घाइते पुनको अवस्था सामान्य रहेको छ । उपचारको लागि दुबै जनालाई जिल्ला अस्पताल सल्ले पुर्याएको थियो । घर्तीको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भइ ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृतक घर्ती भिनाजु हुन भने पुन साला रहेको बताइएको छ । घर्तीको विजया दशमीको दिन मात्र बिवाह भएको परिवारले जनाएको छ ।