Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिदकाे सम्झनामा सल्लेमा दीप प्रज्वलन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा सहिदकाे सम्झनामा दीप प्रज्वलन गरिएको छ । सल्ले यूथ क्लबको आयोजनामा सल्ले स्थित सहिद स्मृति पार्कमा दीप प्रज्वलन गरिएको हो ।

जेन-जी आन्दोलन सहित अन्य विभिन्न कालखण्डमा ज्यानको आहुति गरेकाहरूको सम्झना तथा सम्मानमा शुक्रवार बेलुकी दीप प्रज्वलन गरिएको सल्ले यूथ क्लबका अध्यक्ष मोहन खड्काले जानकारी दिनुभयो ।

सहभागीहरूले दीप प्रज्वलन गर्दै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । एक मिनेट मौन धारण गरेर सहिद प्रति सम्मान प्रकट गरिएको थियो ।

नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य तथा जिल्ला फुटबल संघका उपाध्यक्ष डम्बर थापाले सहिद प्रति सम्मान व्यक्त गर्दै सहिदले देखाएको बाटोमा हिँड्नुपर्ने बताउनुभयो ।

नेपाल जनजागरण मञ्च रुकुम पश्चिमका अध्यक्ष टेकबहादुर कुसारीले सहिदले गरेको आहुति खेर जान नहुने बताउनुभयो ।

कार्यक्रममा क्लबका पदाधिकारीहरू, पशु अस्पताल तथा पशु सेवा कार्यालयका अधिकृत शेरबहादुर खड्का, बुद्धिजीवीहरू, समाजसेवी तथा युवाहरूको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update