Kakhara सबैको खबर सम्पूर्ण खबर
चौथो ट्याखोला कप फुटबल भोलीबाट हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ काे संगमस्थल ट्याखोलामा चौथो ट्याखोला कप पुरुष तथा महिला फुटबल हुने भएको छ । कप भोली मङ्गलवार देखि सुरु हुने छ । ट्याखोला खेलकुद सङ्घ मुसिकोट ६ को आयोजनामा हुने प्रतियोगिताको पुरुष तर्फको विजेताले नगद ५१ हजार १ सय ५१ रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै उप विजेताले ३१ हजार १ सय ५१ रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो ।

महिला तर्फको प्रथमले ५ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्दा द्वितीयले ३ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्ने उहाँले बताउनुभयो । ट्रफि, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । त्यस्तै व्यक्तिगत इभेन्ट तर्फ वेस्ट प्लेयर, वेस्ट स्ट्राइकर, वेस्ट डिफेन्डर, वेस्ट गोलकिपर र वेस्ट मिडफिल्डरको पुरस्कार समेत रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सेभेन ए साइडको रहेको छ । प्रतियोगिता ट्याखोला खेल मैदानमा सञ्चालन हुने छ ।

प्रतियोगिताको भोली मङ्गलवार एक कार्यक्रमका बिच उद्घाटन गरिने बताइएको छ ।

a4247818-35f2-48e5-a088-b4b114112cea-1760352058.jpg
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update