एसपिएलकाे उपविजेता ट्रफि चाैरजहारी नगरपालिकालाई हस्तान्तरण

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित प्रथम सानीभेरी कप एसपिएलकाे उपविजेता टिम चौरजहारीले ट्रफि नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
सोमबार नगरकार्यपालिकाकाे कार्यालयमा पुगेर ट्रफि हस्तान्तरण गरिएको टिम चौरजहारीका कप्तान विवश गिरीले जनाएको छ ।
टिम चौरजहारीले नगरपालिकाको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा सहभागी भई जितेका ट्रफि नगरपालिकालाई हस्तान्तरण गर्ने गरेको छ ।
यो सहित टिम चौरजहारीले ३ वटा ट्रफि नगरपालिकालाई हस्तान्तरण गरेको छ । जसमा २ वटा विजेता र एउटा उप विजेताको ट्रफि रहेको कप्तान गिरीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२ १०:२४
प्रतिक्रिया दिनुहोस्