Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने सनराइज बोर्डिङका प्रिन्सिपल सुरेश पुन मृत फेला

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको सिस्ने सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन मृत फेला पर्नुभएको छ । उहाँ काठमाडौँ सुनधारा स्थित रोयल थकाली हाेटलमा आज बिहान मृत फेला पर्नुभएको हो । उहाँ सुतेकै अवस्थामा मृत फेला परेको बताइएको छ ।

बिहान नउठेपछि हेर्दा मृत फेला परेको भन्दै घरपरिवारलाई जानकारी गराइएको थियो । उहाँको कसरी निधन भयो भन्ने बारेमा यकिन नभएको र घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका १० बाछिगाउँ निवासी पुन रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ बागबजारमा बस्दै आउनुभएको थियो । उहाँले लामो समय देखि सिस्ने सनराइज बोर्डिङ स्कुल सञ्चालन गरिरहनुभएको थियो ।

उहाँले सफल चलचित्र घर ज्वाइँमा अभिनय समेत गर्नुभएको थियो । उहाँ विभिन्न समाज सेवामा समेत जोडिनुभएको थियो । उहाँका श्रीमती, २ छोरा र १ छोरी रहेका छन् ।

उहाँकी बहिनी सरिता पुनको भदौ १४ गते निधन भएको थियो । उहाँ नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update