
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ मा २९ औँ चिसापानी रमाइलो टाकुरी धुर्सेनी मेलाको अवसरमा भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । आगामी मङ्सिर २ गतेबाट सञ्चालन हुने गरी २९ औँ चिसापानी मेला मूल आयोजक समितिले प्रतियोगिता आयोजना गरेको हो ।
खुला वडा स्तरीय पुरुष भलिबलको विजेताले १ लाख ३१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । उप विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउँदा तृतीय हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने मेला मूल आयोजक समितिका अध्यक्ष समर्पण लामिछानेले जानकारी दिनुभयो ।
पुरुष भलिबलको दर्ता शुल्क १० हजार रहेको छ । त्यस्तै खुला वडा स्तरीय पुरुष डबल ब्याडमिन्टनको प्रथम जोडीले २० हजार र द्वितीय हुने जोडीले १० हजार नगद पुरस्कार पाउने अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । उक्त ठाउँमा हरेक वर्ष मेला लाग्दै आएको छ । मेलालाई भव्य बनाउन खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिएको छ ।