Kakhara सबैको खबर सम्पूर्ण खबर
कखरा छैटौं वर्षमा प्रवेश

रुकुम पश्चिमबाट सञ्चालनमा रहेको कखरा डट कम छैटौँ वर्षमा प्रवेश गरेको छ । एम.पी.सी मिडिया प्रा.ली.द्वारा २०७७ कार्तिक १ गतेबाट सञ्चालनमा आएको कखरा डट कम आजबाट पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको हो । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा मुख्य कार्यालय रहेको कखराले विशेष गरी स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेको छ । सामाजिक, आर्थिक, राजनीतिक, खेलकुद लगायतका विषय कखराले विशेष महत्वका साथ उठाइरहेको छ ।

कखराले भिडिओ सामग्रीहरू पनि पस्किरहेको छ । छैटौँ वर्ष प्रवेशको अवसरमा पत्रकारिताको मर्म मर्न नदिने र अझै गतिशील हुन प्रतिबद्ध रहेको जनाएको छ । एम.पी.सी मिडिया प्रा.ली.का अध्यक्ष धनबहादुर खड्का ‘वसन्त’ले पत्रकारिताको मर्म मर्न नदिने र पत्रकारितामा थप व्यावसायिकता विकास गर्ने तथा अझ गतिशील हुने आफूहरूको अभियान रहेको बताउनुभएको छ । साथै उहाँले कखरा केवल समाचारमा मात्र सीमित नभएको बताउनुभएको छ ।

‘हामी पत्रकारिताको फुल प्याकेज बन्न खोजिरहेका छौँ । हामी केवल समाचारमा मात्र सीमित छैनौँ । विचार, ब्लग, विश्लेषण, पाठकका विभिन्न सृजनालाई समेत स्थान दिइरहेका छौँ । पत्रकारिताको परम्परागत शैलीमा व्यापक सुधार र परिमार्जन भइसकेको छ । हामी यसमा अग्रसर छौँ । कुनै घटनाको जानकारी र फोटो मात्र पस्किने परम्परागत पत्रकारिताको शैलीबाट हामी पनि माथि उठ्दै छौँ । हामीले मल्टिमिडियालाई जोड दिएका छौँ । भिडिओ र तथ्याङ्क केन्द्रित समाचारमा होमिएका छौँ । समाचारमा तथ्याङ्कलाई केलाउने र तथ्याङ्क प्रस्तुतीकरणको नयाँ नयाँ आयामलाई पच्छ्याइरहेका छौँ, हामी अझै गतिशील हुने छाैँ, अध्यक्ष खड्काले जारी गरेको प्रशासकीयमा उल्लेख छ ।’

साथै बदलिएको देशको परिस्थितिलाई नजिकबाट नियालिरहेको र सुशासन, विधिको शासनलाई केन्द्रमा राखेर काम गरिरहने स्पष्ट पारिएको छ । त्यस्तै तोकिएकै समयमा निर्वाचन हुनुपर्ने र यसका लागि भूमिका खेल्ने पनि प्रतिबद्धता जनाइएको छ । 

समाजका हरेक सकारात्मक, नकारात्मक गतिविधिमा प्रत्यक्ष निगरानी जारी रहने, समाजका राम्रा पक्षलाई थप प्रोत्साहन र समाजलाई हानि गर्ने हरेक घटनामा निरन्तर खबरदारी र निगरानी रहेको र अब पनि रहिरहने उल्लेख छ । छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा एम.पी.सी मिडिया प्रा.ली.ले सम्पूर्ण विज्ञापनदाता, कखरामा कार्यरत पत्रकार, सम्पूर्ण पाठक, सहयोगी, शुभेच्छुक लगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । साथै तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको शुभकामना समेत व्यक्त गरेको छ । 

1000102900-1760765834.jpg
1000102899-1760765834.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update