Kakhara सबैको खबर सम्पूर्ण खबर
ट्याखोला कप फुटबलको फाइनलमा युनिक ब्वाइज र योङ्ग ब्वाइज भिड्ने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४, ६ र ११ को सङ्गमस्थल ट्याखोलामा जारी चौथो ट्याखोला कप फुटबलको फाइनल भोली हुने भएको छ । आज महिला पुरुष दुवै तर्फ सेमिफाइनलका खेलहरू सकिएपछि भोली फाइनल हुने भएको हो । 

पुरुष तर्फ फाइनलमा योङ्ग ब्वाइज र युनिक व्वाइज बिच हुने ट्याखोला खेलकुद संघका अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार आज भएको सेमिफाइनलमा काउलेचौरलाई पेनाल्टी सुट आउटमा ६–५ ले पराजित गर्दै योङ्ग व्वाइज फाइनल पुगेको हो । 

त्यस्तै अर्को सेमिफाइनलमा डि.एस.वाइ.सी. रातामाटालाई २–० गोलले पराजित गर्दै युनिक व्वाइज फाइनल पुगेको हो । त्यस्तै महिला तर्फ अर्गनाइजर र मुसिकोट गल्र्स फाइनलमा भिड्ने अध्यक्ष बुढाथोकीले बताउनुभयो । 

फाइनल खेल ट्याखोला खेल मैदानमा भोली बिहान १० बजेबाट सुरु हुने बताइएको छ । प्रतियोगिताको पुरुष तर्फको विजेताले नगद ५१ हजार १ सय ५१ रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै उप विजेताले ३१ हजार १ सय ५१ रुपैयाँ पुरस्कार पाउने छ । 

महिला तर्फको प्रथमले ५ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्दा द्वितीयले ३ हजार १ सय ५१ रुपैयाँ प्राप्त गर्ने छ । ट्रफि, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । 

त्यस्तै व्यक्तिगत इभेन्ट तर्फ वेस्ट प्लेयर, वेस्ट स्ट्राइकर, वेस्ट डिफेन्डर, वेस्ट गोलकिपर र वेस्ट मिडफिल्डरको पुरस्कार समेत रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सेभेन ए साइडको रहेको छ ।।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update