नेपाल विश्वकपमा पुगेको खुसीयालीमा रुकुम पश्चिममा दीप प्रज्वलन

नेपाल तेस्रो पटक आइसिसी टी-२० विश्वकपमा पुगेको अवसरमा रुकुम पश्चिममा दीप प्रज्वलन गरेर खुसीयाली मनाइएको छ । जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमको आयोजनामा खलङ्गाको त्रिवेणी चोकमा दीप प्रज्वलन गरिएको हो ।
भर्खरै ओमानमा सम्पन्न विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिकमा अपराजित रहँदै आगामी वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी-२० विश्वकपमा नेपाल छनोट हुन सफल भएपछि रुकुम पश्चिममा दीप प्रज्वलन गरेर खुसीयाली मनाइएको छ । यो सँगै नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट भएको हो ।
कार्यक्रममा जिल्ला क्रिकेट सङ्घका पदाधिकारी तथा सदस्य एवं क्रिकेट प्रेमीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२ २२:०९
प्रतिक्रिया दिनुहोस्