Kakhara सबैको खबर सम्पूर्ण खबर
सिटिजन लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिकोत्सव: बुद्ध भूमि मानव सेवा आश्रमलाई न्यानो कपडा सहयोग

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिमले आठौँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा मुसिकोट नगरपालिका १ सल्लेमा रहेको बुद्ध भूमि मानव सेवा आश्रममा न्यानो कपडा वितरण गरिएको छ । 

शाखा प्रमुख कर्मा खड्का गौतमका अनुसार आश्रममा रहेका व्यक्तिहरूका लागि लगाउने न्यानो कपडा र ओढ्ने ब्लांकेट सहयोग गरिएको हो । कम्पनीमा कार्यरत कर्मचारीहरू आश्रममा पुगेर कपडा प्रदान गरिएको उहाँले बताउनुभयो । 

कम्पनीको वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा रहेकाहरूलाई चिसोबाट बचाउन न्यानो कपडा सहयोग गरिएको उहाँको भनाई छ । 

आश्रममा अभिभावक विहीन बेवारिसे वृद्ध वृद्धा, मनोरोगी, अनाथ, अपाङ्ग, अशक्त असहाय र विपन्न व्यक्तिहरू रहेकोमा उनीहरूलाई सहज होस भनेर सहयोग गरिएको गौतमले बताउनुभयो । साथै तिहारको शुभकामना आदान प्रदान समेत गरिएको बताइएको छ । 

कार्यक्रममा शाखा प्रमुख गौतम सहित एजेन्सी म्यानेजरहरू लोकबहादुर खत्री, कल्पना पुन मगर, योगमाया पाण्डे, ठानबहादुर केसी, मानबहादुर केसी, गीता बुढाथोकी लगायत शाखामा कार्यरत अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update