Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एस रूकुम पश्चिमका उपाध्यक्ष खड्काकाे निधन

नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमका उपाध्यक्ष दीपक राज खड्काको निधन भएको छ । ४७ वर्षीय खड्काको उपचारको क्रममा काठमाडौँस्थित गङ्गालाल हृदय केन्द्रमा बुधवार बेलुकी निधन भएको हो । 

उहाँलाई मुटुको समस्या भएपछि जिल्ला अस्पताल रुकुम पश्चिमबाट नेपालगन्ज हुँदै उपचारका लागि काठमाडौँ लगिएको थियो । सोमबार काठमाडौँ पुर्‍याएर उपचार सुरु गरिएकामा बुधवार बेलुकी ७ बजेतिर मृत्यु भएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य विमलकुमार पुनले जानकारी दिनुभयो ।

उहाँलाई केही वर्ष अघि कोभिड-१९ सङ्क्रमण समेत भएको थियो । त्यसपछि उहाँमा विभिन्न स्वास्थ्य समस्या देखिएको बताइएको छ । उहाँ जिल्ला अस्पताल व्यवस्थापन समितिका सदस्य समेत हुनुन्थ्यो । 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update