Kakhara सबैको खबर सम्पूर्ण खबर
मुग्लुखाेलामा डुबेर एक युवकको मृत्यु

रुकुम पश्चिममा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ का १९ वर्षीय केदार शर्माको मुग्लुखाेलामा डुबेर बुधवार दिउँसो मृत्यु भएको हो ।

मुसिकोट नगरपालिका ४ कै मुग्लुखोलामा पौडी खेल्ने क्रममा शर्माको डुबेर मृत्यु भएको स्थानीय विमलकुमार शर्माले जानकारी दिनुभयो । कक्षा १२ मा अध्ययनरत शर्मा तिहार मनाउन घर आउनुभएको थियो । उहाँ एक्लो छोरा हुनुन्थ्यो । 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update