Breaking News
रुकुम पश्चिमकाे झारमारेमा जिप दुर्घटना, थप विवरण आउन बाँकी
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा जिप दुर्घटना भएको छ । मुसिकोट खलङ्गाबाट आठबिसकोटको स्यालाखदी तर्फ जाँदै गरेको बोलेरो जिप झारेमारेमा दुर्घटना भएको खबर प्राप्त भएको छ ।
घटनाको थप विवरण आइसकेको छैन । गाडी नम्बर रा १ ज ४२२ रहेको र गाडी चालक टोपजंग बुढा रहेको बताइएको छ । जिपमा २० जनाको हाराहारीमा यात्रु रहेको बुझिएको छ । प्रहरी चौकी नदुवाबाट प्रहरी टोली घटनास्थल तर्फ गइरहेको र थप विवरण प्राप्त भई नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
ठुलो दुर्घटना भएको जानकारी प्राप्त भएपछि नदुवाबाट प्रहरी घटनास्थल तर्फ लागेको र जिल्लाबाट समेत टोली जान लागेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२ १७:५२
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)