Kakhara सबैको खबर सम्पूर्ण खबर
झारमारे घटना: ८ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

रुकुम पश्चिमको झारमारेमा भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । मृतककाे परिचय खुल्न बाँकी छ । ५ जना गम्भीर घाइते भएका छन् । स्थानीय युवा विजय अधिकारीका अनुसार अहिले घटना स्थलमा उद्धारकाे काम चलिरहेको छ ।

अहिलेसम्म ८ जनाको शव फेला परेकाे र ५ जना गम्भीर घाइते रहेको उहाँले बताउनुभयो । खलङ्गाबाट स्यालाखदी तर्फ गइरहेको रा १ ज ४२२ कने जिप बाँफिकाेट गाउँपालिका ७ मा दुर्घटना भएको हो ।

गाडी चालक टोपजंग बुढा रहेको र उहाँ गम्भीर घाइते रहेको बताइएको छ । जिपम सिट क्षमता भन्दा बढी यात्रु रहेको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update