Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकाेट जिप दुर्घटना: मृतक ८ र घाइते १० जनाकै नाम खुल्याे

रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडक खण्डमा भएको दुर्घटनाका सबै ८ मृतक र १० घाइतेकाे नाम खुलेकाे छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार मृतक सबै ८ जना र घाइते १० जनाकाे नाम खुलेकाे हाे । उहाँका अनुसार ७ जनाकाे घटना स्थलमै र एक जनाकाे जिल्ला अस्पताल सल्लेमा मृत्यु भएकाे हाे ।

मृतकहरू 
१. कमला ओली, वर्ष ३०, आठबिसकाेट नगरपालिका ३ 
२. टेकजंग बुढा, वर्ष १६, आठबिसकाेट नगरपालिका १
३. दिलमाया बुढा, वर्ष १५, आठबिसकाेट नगरपालिका १
४. मनिका ओली, वर्ष १७, आठबिसकाेट नगरपालिका २ 
५. सर्मिला बिक, वर्ष १८, आठबिसकाेट नगरपालिका २ 
६. गाेपाल ओली, वर्ष २२, आठबिसकाेट नगरपालिका २ 
७. कल्पना नेपाल, वर्ष १५, आठबिसकाेट नगरपालिका १ 
८. सबिता बिक वर्ष २८, आठबिसकाेट नगरपालिका १ 

घाइतेहरू
१. सिर्जना बुढा, वर्ष १७
२. सपना नेपाल, वर्ष १५
३. जुना बुढा, वर्ष १८
४. संगिता बुढा, वर्ष १७
५. शान्ति बुढा, वर्ष १९
४. अञ्जना ऐरी, वर्ष १७
७. महिमा ओली, वर्ष २०
८. मनिषा थापा, वर्ष १७
९. सबिता बिक, वर्ष १५
१०. टाेपजंग बुढा, चालक, वर्ष ३४ 

चालक बाहेक सबै घाइते आठबिसकाेट नगरपालिका १ का हुन् । घाइते मध्ये जुना बुढा, वर्ष १८ लाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकाे छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  २३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update