Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकाेट जिप दुर्घटना अपडेटः मृतक सवैको गाउँमै अन्त्येष्टि गरियो 
फोटोः हरि जिज्ञासुको फेसबुक वालबाट साभार ।

गत शुक्रवार साँझ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को लिस्नेस्थित भित्री सडक खण्डमा जिप दुर्घटना परी मृत्यु भएकाहरूको अन्त्येष्टि गरिएको छ । जिल्ला अस्पताल सल्लेमा पोस्टमार्टम पश्चात् आज गाउँमै पुर्‍याएर मृतक ८ जनाको गाउँमै अन्त्येष्टि गरिएको हो । इसाई धर्मअनुसार ४ जनालाई वडा नम्बर २ को बेरजङगा झाडी वनमा गाडिएको हो । भने एक जनालाई हिन्दु धर्म अनुसार गाउँ नजिकैको घाटमा जलाएर अन्त्येष्टि गरिएको आठविसकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष देवबहादुर यरीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी वडा नम्बर १ का तीन जनालाई पनि इसाई धर्म अनुसार जङ्गलमा गाडेर अन्त्येष्टि गरिएको हो । 

जिप दुर्घटनामा मृत्यु हुनेमा वडा नम्बर १ का ३ जना १६ वर्षीय टेकजंग बुढा, १५ बर्सिया दिलमाया बुढा र १५ बर्सिया कल्पना नेपाल रहनुभएको छ । त्यस्तै वडा नम्बर २ का ४ जना २८ बर्सिया सविता विक, १७ बर्सिया मनिका ओली, १८ बर्सिया शर्मिला बिक र २२ वर्षीय गोपाल ओली तथा वडा नम्बर ३ की ३० बर्सिया कमला ओली  रहनुभएको छ ।

जिप दुर्घटनामा १७ बर्सिया सिर्जना बुढा, १५ बर्सिया सपना नेपाल, १८ बर्सिया जुना बुढा, १७ बर्सिया सङ्गीता बुढा, १९ बर्सिया शान्ति बुढा, १७ बर्सिया अञ्जना यरी, २० बर्सिया महिमा ओली, १७ बर्सिया मनीषा थापा, १५ बर्सिया सबिता बिक र ३४ वर्षीय चालक टोपजंग बुढा घाइते भएका थिए ।

दुर्घटनामा घाइते ६ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने आठविसकोट नगरपालिका वडा नम्बर २ की १९ बर्सिया शान्ति बुढा, सोही वडाकै १७ बर्सिया मनीषा थापा र  वडा नम्बर १ की १८ बर्सिया जुना बुढाको नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । घाइते चालक बुढाको स्वास्थ्य अवस्था सामान्य भएपछि अनुसन्धानको लागि हिरासतमा राखिएको छ । 

शुक्रवार साँझ मुसिकोट नगरपालिका १ खलङ्गाबाट आठविकोट नगरपालिका २ स्यालाखदी जाँदै गरेको रा १ ज ४२२ नम्बरको सडकबाट करिब ७ सय मिटर तल खस्दा ७ जनाको घटनास्थलमै र १ जनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको  थियो । भने १० जना घाइते भएका थिए । 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update