Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपालगन्जबाट रुकुम पश्चिम आउँदै गरेकाे गाडी सल्यानमा दुर्घटना 

नेपालगन्जबाट रुकुम पश्चिम आइरहेकाे गाडी सल्यानमा दुर्घटना भएकाे छ । सल्यानको छत्रेश्वरी गाउँपालिका–६ शिबगुफामा नेपालगन्जबाट रुकुम पश्चिम आउँदै गरेको लु.प्र.०१–००१ख ०७०६ नम्बरको फाेर्स गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । रुकुम पश्चिम सानिभेरी गाउँपालिका–८ बस्ने २३ वर्षीय चालक दीपक केसीले चलाएको उक्त गाडीमा १२ जना यात्रु सवार थिए ।

‎‎दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुम पश्चिम सानिभेरी गाउँपालिका–११ बस्ने ४० वर्षीय डिल्लीबहादुर खत्री (बायाँ हातको बुढी औँलामा चोट), ५२ वर्षीय भीमबहादुर डाँगी (बायाँ हातको औँला र अनुहारमा चोट), सानिभेरी–१ बस्ने ४८ वर्षीय वीरबहादुर खड्का (घाँटीमा चोट), खड्काकी श्रीमती ४८ बर्सिया धनसरी खड्का (अनुहारमा चोट) र सल्यान दार्मा गाउँपालिका–२ बस्ने २ वर्षीय जनक देवकोटा (निधारमा चोट) रहेका छन्। 

‎दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय सितलपाटीबाट प्रहरी नायब निरीक्षक धनबहादुर नेपालीको कमान्डमा ट्राफिकसहित ५ जनाको प्रहरी टोली खटिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने आवश्यक कागजातहरू प्रहरीको साथमा रहेको जनाइएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update