Kakhara सबैको खबर सम्पूर्ण खबर
देउसी भैलोबाट संकलन भएको रकम विपन्न परिवारलाई सहयोग 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा देउसी भैलोबाट संकलन भएको रकम विपन्न परिवारलाई सहयोग गरिएको छ । संकलन भएको रकम मध्येबाट स्थानीय मगतराम विकको परिवारलाई आर्थिक सहयोग गरिएको हो । वडाको नमुना बस्ती टोलका पैसेरु नाच समुहले तिहारमा देउसी भैलोबाट संकलन भएको रकम मध्ये ४ हजार पाँच सय रुपैयाँ विपन्न परिवार मगतराम विकलाई सहयोग गरेको वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो ।

तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकम फजुल खर्च गर्नुभन्दा सामाजिक काममा प्रयोग गर्नु उत्तम रहेकाे हाँको भनाई छ । बाँकी रहेको रकम पनि सामाजिक कार्यमै खर्च गर्ने नमुना बस्ती पैसेरु नाच समुहले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update