रुकुम पूर्वको सिस्ने गाउँपालिका ३ मा तेस्रो बागेधारा कप हुनुभएको छ । सिस्ने ३ पांगा स्थित बागेधारा रामाजैसी मन्दिरको प्राङ्गणमा अवस्थित खेल मैदानमा खुला वडा स्तरीय पुरुष तथा महिला भलिबल र रसाकसी प्रतियोगिता आयोजना गरिएको छ ।
कार्तिक १५ गतेबाट सुरु हुने प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको विजेताले १ लाख सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक बागेधारा खेलकुद समितिले जनाएको छ । समितिका अनुसार उप विजेताले नगद ७० हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
तेस्रो पुरस्कार नगद ४० हजार, कप, मेडल र प्रमाण पत्र रहेकोमा सान्त्वना पुरस्कार २० हजार नगद, कप, मेडल र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । दर्ता शुल्क ७ हजार ५ सय तोकिएको छ ।
महिला भलिबलमा प्रथमले २५ हजार, द्वितीयले २० हजार र तृतीयले १५ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र पाउने आयोजक समितिका कोषाध्यक्ष घनश्याम केसीले जानकारी दिनुभयो । महिला भलिबलमा दर्ता शुल्क २ हजार ५ सय रहेको छ ।
रसाकसीको प्रथम, द्वितीय र तृतीयले क्रमशः २ हजार, १५ सय र १ हजार पुरस्कार पाउने बताइएको छ । टिम दर्ता कार्तिक १४ गतेसम्म गर्न पाइने छ । त्यस्तै नेपालीपन झल्किने पोसाक लगाएर उपस्थित हुने सबै मयुर, पैसेरु तथा सिंगारु नाच समूहलाई ५ हजार पुरस्कार समेत व्यवस्था गरिएको छ ।




-1759842583.jpg)