Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीयबासी तथा कर्मचारीको सहयोगमा अर्माडाँडामा सडक निर्माण गरिँदै 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० को अर्माडाँडा सडक संजालमा जोडिएपछि स्थानीयहरु खुसी भएका छन् । अर्माको सरस्वती माध्यमिक विद्यालयदेखि लाहुरटोल, सार्कीटोल हुँदै असन्तरा जोड्ने सडक निर्माण कार्य सुरु भएसँगै स्थानीयहरु खुसी भएका हुन् । स्थानीयबासी तथा कर्मचारीको आर्थिक सहयोगमा उक्त सडक खण्ड निर्माणको काम सुरु भएको छ ।

जनप्रतिनिधी, कर्मचारी तथा स्थानीयको सयूंक्त पहलमा सडक संजाल जोडिएको स्थानीय खेमराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सडक निर्माणमा वडा कार्यालयले पनि समन्वय गरिरहेको छ । सडक निर्माण स्थानीय उपभोक्ता निर्माण समितिबाट भइरहेको छ । केही सडक निर्माण भइसकेको र केही निर्माण गर्न बाँकी रहेको बताइएको छ । 

गाउँमा सडक नहुँदा दैनिक आवश्यक सामग्री ल्याउन, बिरामीलाई अस्पताल पु¥याउन र विद्यार्थीलाई विद्यालय जान समेत  समस्या हुने गरेकामा अव भने सहज हुने स्थानीयले अपेक्षा गरेका छन् । करिव २ किलोमिटर सडक स्थानीयबासी, कर्मचारीहरुको सयंूक्त पहलमा करिव तीन लाख रुपैयाँ खर्चमा निर्माण हुँदै छ । उक्त गाउँमा विद्युत लाइन पनि नभएकाले विद्युत लाइन संचालन हुनुपर्ने स्थानीयबासीले माग गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update