Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ९ कुप्रेकोटमा भोलीदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ कुप्रेकोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएका छन् । यही काक्तिक १४ गतेदेखि एकता समाज नेपालको आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । मेलामा खुल्ला वडा स्तरीय पुरुष भलिबल, लोक दोहोरी, एकल नृत्य, महिला रसाकस्सी, भाले तान र घैटो फोर प्रतियोगिता आयोजना गरिएको एकता समाज नेपालका अध्यक्ष दुर्गाप्रसाद विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार भलिबल प्रतियोगितामा प्रथम  हुने समुहलाई ३५ हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र, दोस्रो  हुने समुहलाई २० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र, तेस्रो हुने समुहलाई १० हजार रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र र स्वन्त्वना हुने टिमलाई ५ हजार रुपैयाँको साथमा प्रमाणपत्रको व्यवस्था गरिएको छ । दर्ता शुल्क ३ हजार रहेको छ ।

त्यस्तै लाेक दोहोरी प्रतियोगितामा प्रथम हुनेलाई ३ हजारसहित प्रमाणपत्र, दोस्रो हुनेलाई २ हजारसहित प्रमाणपत्र र तेस्रो हुनेले १ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । दर्ता शुल्क ३ सय रहेको छ । एक्कल नृत्यमा प्रथम हुनेले २५ सय रुपैयाँको साथमा प्रमाणपत्र, दोस्रो हुनेले १५ सय रुपैयाँको साथमा प्रमाणपत्र, तेस्रो हुनेले १ हजार र सान्तवना हुनेले ५ सय रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् । दर्ता शुल्क २ सय रहेको छ ।

महिला रस्साकस्सी प्रतियोगिता प्रथम हुने टिमले १५ सय रुपैयाँको साथमा प्रमाणपत्र, दोस्रो हुनेले १ हजार र तेस्रो हुने समुहले ५ सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्ने छ्न । दर्ता शुल्क १ सय ५० रहेको छ । भाले तान्ने प्रतियोगितामा विजेता हुनेले व्यक्तिले २५ सय बराबरको भाले प्राप्त गर्ने छ । दर्ता शुल्क १५० रहेको छ । घैटोफोर प्रतियोगितामा विजेता हुने व्यक्तिले १ हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । दर्ता शुल्क एक सय रहेको छ । कार्यक्रम कात्तिक १७ गतेसम्म संचालन हुने आयोजक एकता समाज नेपाल मुसिकोट ९ ले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update